सबै श्रेणीहरू

‘सिंहदरबार जलाउने’ लाई मात्र सुरक्षा दिइएको हर्कको गुनासो

‘सिंहदरबार जलाउने’ लाई मात्र सुरक्षा दिइएको हर्कको गुनासो

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले ‘सिंहदरबार जलाउने’ लाई मात्र सुरक्षा दिइएको भन्दै आपत्ति जनाएका छन् । सुनसरी–१,बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार  रहेका धराने उपमेयर उनले आफू कहीं कतै हिँड्दा पनि एउटै प्रहरी नखटिएको तर सिंहदरबार जलाउन लगाउनेहरुका लागि गाडीका गाडी खटाइएको गुनासो गरेका छन् । 

साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लाई लक्षित गर्दै यस्तो आक्रोश व्यक्त गरेका हुन् । ‘म हिँड्दा एउटा प्रहरी पनि नपठाउने गृहमन्त्रीले सिंहदरबार जलाउन लगाउनेलाई भने गाडीका गाडी प्रहरी खटाएको छ ! धन्यवाद,इशारा सरकारलाई !,’ उनले लेखेका छन् ।