सबै श्रेणीहरू

जेलमा हुनुपर्ने मान्छे कसरी चुनावमा ?

जेलमा हुनुपर्ने मान्छे कसरी चुनावमा ?

‘जान्नेलाई छान्ने’ नारा दिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीमा अपराधीहरुको बिगबिगी देखिएको छ । भदौ २४ गते संसद भवनको कुर्सी बाल्ने कृष्णकुमार कार्कीलाई पार्टीले प्रतिनिधिसभा निर्वाचनको लागि मोरङ क्षेत्र नम्बर २ बाट उम्मेद्वार बनाएको छ । 

सामाजिक सञ्जालमार्फत् बालाजुदेखि नयाँ बानेश्वरसम्मका चोकचोकमा आगो बाल्दै हिँडेको र संसद भवनभित्र छिरेर कुर्सीमा आगो बालेको स्वीकार गरेका कार्की यतिबेला अनुसन्धानको दायरामा हुनुपर्ने हो । तर उनी यतिबेला चुनाव प्रचारमा देखिएका छन् । 

लामो समय जापान बसेर फर्किएका कार्कीले उक्त दिन नेताहरुको घर-घर पुगेर आगो लगाएको बताएका छन् । गत सेप्टेम्बर ११ मा फेसबुकमा लेखेका छन्, ‘बालाजु नयाँ बजारबाट निस्केको जेनजी भीडको अघिल्लो पंक्तिमा छु, सोह्रखुट्टे,ठमेल,दरबारमार्ग,रानीपोखरी, सिंहदरबार हुँदै विभिन्न नेताको घरमा पुगेँ म,हामीले बाटोका हरेक चोकमा आगो बाल्यौँ, रतर सरकारी भवनमा चाहिँ लगाएनौँ, भ्रष्ट नेताहरुको घरमा आगो लगाएको जिम्मा लिन चाहन्छौँ ।’

सेप्टेम्बर ११ मा फेसबुकमा लेखेका छन्, ‘बालाजु नयाँ बजारबाट निस्केको जेनजी भीडको अघिल्लो पंक्तिमाछु, सोह्रखुट्टे,ठमेल,दरबारमार्ग,रानीपोखरी, सिंहदरबार हुँदै विभिन्न नेताको घरमा पुगेँ म,हामीले बाटोका हरेक चोकमा आगो बाल्यौँ, रतर सरकारी भवनमा चाहिँ लगाएनौँ, भ्रष्ट नेताहरुको घरमा आगो लगाएको जिम्मा लिन चाहन्छौँ ।’

प्रहरी चौकीमा भएका आगजनीबारे अपत्यारिलो दावी गरेका उनी त्यतिकैमा रोकिएनन् । लेखेका छन्, ‘संसद भवन प्रवेश गरेर भित्र अगाडि हामीले कुर्सी जम्मा पारेर आगो बाल्यौँ,खुशियाली मनायौँ,तर संसद भवनमा शुरुमा हामीले आगो लगाएका होइनौँ, घुसपैठ भयो, हाम्रो टार्गेट नेताको घर थियो ।’

सामाजिक सञ्जालमार्फत् यसरी खुलेआम ‘नेताकाे घरमा आगाे लगाएकाे हुँ’ भन्ने व्यक्तिलाई किन कुनै कारवाही नभएकाे हाेला ? गम्भीर प्रश्न उठेको छ ।

अझै अर्को रोचक के छ भने, रास्वपाबाट उम्मेद्वार बन्नुभन्दा केही महिना अघिसम्म उनले सभापति रवि लामिछानेको चर्को आलोचना गर्दै आएका थिए । लामिछानेलाई सहकारी ठग र दलाल भन्दै तथानाम स्टाटसहरु लेखेका थिए । यद्यपि, ती स्टाटस अहिले डिलिट भएको देखिन्छ । कार्कीले रास्वपाबाटै उपसभामुख बनेकी इन्दिरा राना मगरलाई समेत मानव तस्कर भन्दै गाली गरेका थिए । तर अहिले उनै कार्की सोही पार्टीबाट उम्मेद्वार बनेपछि निकटस्थहरु समेत चकित परेका छन् ।