सबै श्रेणीहरू

सर्वोच्च नजिकै ‘संविधान बचाउ, संसद् फर्काउ’ प्रदर्शन

सर्वोच्च नजिकै ‘संविधान बचाउ, संसद् फर्काउ’ प्रदर्शन

‘संविधान बचाउ, संसद् फर्काउ’ नारासहित युवाहरूको एक समूहले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन गरिएको आरोप लगाउँदै उनीहरूले संसद् पुनस्र्थापनाको माग गरेका हुन्।

एमाले निकट राष्ट्रिय युवा संघमा आवद्ध युवाहरूले आयोजना गरेको प्रदर्शनमा सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनस्र्थापनासम्बन्धी मुद्दा विचाराधीन रहेकाले संविधानको रक्षा हुने गरी आदेश आउने सहभागीहरुको विश्वास छ । मुद्दाको फैसला छिटो हुनुपर्ने माग गर्दै मुलुकलाई विधि र संविधानअनुसार सञ्चालन गर्न संसद् पुनस्र्थापना अपरिहार्य रहेको उनीहरूको तर्क छ ।

संघका उपाध्यक्ष महाराज गुरुङ, नेसनल भोलिन्टिएर फोर्स संयोजक पुष्प श्रेष्ठको नेतृत्वमा भएको प्रदर्शनमा ‘विघटित संसद पुनस्थापना गर’, संविधान बचाउ संसद फर्काउ’ लेखिएका प्लेकार्ड बोकिएको थियो ।