मौसम प्रतिकूलताका कारण एअर इण्डियाको एउटा विमान काठमाडौंमा अवतरण हुन नसकेपछि भारत फर्केको छ । लो भिजिबिलिटीका कारण काठमाडौं आउँदै गरेको एअर इन्डियाको विमानलाई वाराणसी डाइभर्ट गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मौसम प्रतिकूलताका कारण बिहानदेखि काठमाडौंमा अतवरण हुने अधिकांश उडानमा समस्या देखिएको छ । एयर इन्डियासँगै अन्य केही अन्तर्राष्ट्रिय र घरेलु उडानहरू पनि डाइभर्टेड, डिले भएका छन् ।