सबै श्रेणीहरू

दुर्गा प्रसाईको सल्लाह, अभियन्ता सिकिस्त

दुर्गा प्रसाईको सल्लाह, अभियन्ता सिकिस्त

६ बुँदे माग राख्दै अनशनरत जेनजी अभियन्ता अजय सोडारी अस्पताल भर्ना भएका छन् । नौ दिनदेखि माइतीघरमा अनशन बसिरहेका उनको स्वास्थ्य अवस्था बिग्रिएपछि वीर अस्पताल पुर्याइएको हो । 

मिराज ढुंगाना समूहका अभियन्ता सोडारीले तत्काल चुनाव स्थगित गरी सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै आएका छन् । त्यस्तै, हिरासतमा रहेका अभियन्ताहरूलाई रिहा गर्नुपर्ने, संविधान संशोधन तथ पुनर्लेखन गरी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरिनुपर्ने, केपी शर्मा ओली र रमेश लेखकलाई समातेर जेल हाल्नुपर्नेजस्ता माग राखेका छन् । 

माग पूरा नभएसम्म अनशन नतोड्ने अडान लिएका सोडारीलाई भेट्न हिजो दुर्गा प्रसाई पनि माइतीघर पुगेका थिए । त्यसक्रममा उनले अनशन अझै लम्ब्याएर सरकारमाथि थप दबाब सिर्जना गर्न सल्लाह दिएको बुझिएको छ ।