ईश्वर पोखरेलमाथि किन यस्तो अपमान ?

‘दिएको लिएर चित्त बुझाउने’ स्थितिले कसैकसैलाई कति पीडामा पारेको छ भने, एउटा कुनोमा लगेर थन्क्याइएको छ, न गर्मी, न ठण्डी– केही छेक्ने व्यवस्था छैन ।
भन्नलाई ईश्वर पोखरेल एमालेका ‘वरिष्ठ उपाध्यक्ष’ त हुन्, तर व्यवहारचाहिँ माथि उल्लेख गरेझैँ छ । पहिलो तलामा अध्यक्ष केपी ओलीका लागि सुसज्जित कार्यकक्ष छ । एयर कण्डिसनयुक्त उक्त कार्यकक्ष हेरिकन वरिष्ठ उपाध्यक्षको कक्ष छिँडीजत्तिको लाग्छ ।
बरु, महासचिव शंकर पोखरेलका निम्ति व्यवस्थित कार्यकक्ष बनाइएको छ । फाइलिङको व्यवस्थासहित एयर कण्डिसन र मिटिङ हल पनि छ । अध्यक्षपछिको भूमिका भनिने वरिष्ठ उपाध्यक्षलाई बिना एयर कन्डिसन, बिना अट्याच बाथरुम राखिएको छ ।
पिसाब लाग्यो भने दौडिएर कार्यकर्ताहरुको शौचालयमा पुग्नुपर्ने अवस्थामा उनी छन् । उपमहासचिवहरु र अरु उपाध्यक्षहरुभन्दा परपट्टि भित्तामा छ, ईश्वरको आसन । १२–१३ वर्ष शक्तिशाली महासचिव भएको मान्छेलाई अहिले यसरी भूमिकाविहीन बनाइएको छ ।
जब ईश्वर नै भूमिकाविहीन छन् भने, अन्तिम अवस्थामा माधव नेपालको साथ छोडेका १० भाइको त कुरै भएन । हिजो आज माधव नेपाल र झलनाथ खनालसँग भेटेर ‘हामीलाई केपीका मान्छेले वास्ता गरेनन्’ भन्छन् । सुरेन्द्र पाण्डे, गोकर्ण विष्टहरु त झलनाथसँग नियमित सम्पर्कमै छन् । तर, जति कन्याए पनि खनाल अहिल्यै गलिहाल्ने स्थितिमा छैनन् ।
टिप्पणीहरू