अर्काको प्रचारमा हिँड्नेलाई सिकेले नछोड्ने

अर्काको प्रचारमा हिँड्नेलाई सिकेले नछोड्ने

जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले मङ्सिर ४ को निर्वाचनमा अन्य पार्टीका उम्मेदवारलाई सहयोग गर्ने नेता-कार्यकर्ताको सदस्यता खारेज हुने चेतावनी दिएका छन् । आज विज्ञप्ति निकालेर उनले आफ्नो पार्टीका उम्मेदवारहरुलाई सहयोग नगरी अरु उम्मेदवारहरुको प्रचारप्रसारमा हिँडे ठाउँको ठाउँ कारबाही गरिने बताएका हुन् ।

पार्टीका उम्मेदवारहरुलाई हरेक ढंगले सहयोग गरी दिनरात खटेर जिताउने जिम्मेवारी नेता, कार्यकर्ताको भएको भन्दै राउतले पार्टीको नीति र निर्देशनअनुसार खटिएर लाग्न निर्देशन पनि गरेका छन् । साथै उनले अरु पार्टीका उम्मेदवारहरुलाई सहयोग गर्ने नेताहरुको गतिविधिमा कडा निगरानी गरी केन्द्रीय सचिवालयलाई सूचना उपलब्ध गराउन केन्द्रीय समितिदेखि बुथ समितिसम्मका पदाधिकारीहरूलाई विशेष आग्रह गरेका छन् ।

डा. राउतले पार्टीलाई जिताउन आ-आफ्नो निर्वाचन क्षेत्रमा कुनै बहाना नगरी सम्पूर्ण शक्ति लगाएर काम गर्न आफ्ना नेता, कार्यकताहरुलाई स्पष्ट निर्देशन दिए ।

’जनमत पार्टीको जीत नै हाम्रो जीत भएको हुनाले सो जीत सुनिश्चित गर्न आ-आफ्नो निर्वाचन क्षेत्रमा कुनै बहाना ननिकाली सम्पूर्ण शक्ति लगाएर काम गर्नुहुन हामी सबै नेता,कार्यकर्ता तथा शुभचिन्तकहरूसँग हार्दिक अनुरोध गर्दछौं,’ उनको विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू