काठमाडौं महानगरपालिका मतगणना (अपडेट)

काठमाडौं महानगरपालिका मतगणना (अपडेट)

काठमाडौं महानगरपालिकाको हिजो बिहानदेखि शुरु मतगणना जारी छ । पछिल्लो मतगणनापछि प्राप्त परिणाममा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह नै अगाडि देखिएका छन् ।

उनी ३ हजार ४ सय १० मतका साथ अगाडि देखिएका हुन् । त्यसैगरी एमाले उम्मेदवार केशव स्थापित १ हजार ६ सय ९४ र नेपाली काँग्रेसकी सिर्जना सिंहले १ हजार ६ सय २० मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोल ३ हजार ३ सय ८४, नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको ९९२ र राप्रपाका मदनदास श्रेष्ठले ७६० मत प्राप्त गरेका छन् ।

टिप्पणीहरू