प्रधानमन्त्रीको गाडीमा घुसपैठियाको प्रवेश
देशको सुरक्षा प्रणाली कतिसम्म लापरवाह छ भन्ने कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणका लागि दिल्ली प्रस्थान गर्नुअघि देखियो । सरकार प्रमुखलाई त्यसै पनि चारथरि सुरक्षा निकायको घेरा, त्यसमाथि औपचारिक भ्रमणमा अलग्गै कारकेटको व्यवस्था हुँदासमेत असम्बन्धित व्यक्तिको घुसपैठ !
२९ भदौको दिउँसो भारत भ्रमणबारे राष्ट्रपतिलाई ब्रिफिङ गर्न प्रधानमन्त्री शीतल निवास पुग्दा राजकीय भ्रमणमा मात्र प्रयोग हुने विशेष प्रकारको कारकेडभित्र गैरसुरक्षाकर्मी फेला परेका हुन् । कारकेडमा सुरक्षाकर्मीमात्र हुन्छन् …