करोड बढी ठग्ने फरार प्रतिवादीहरु राजधानीमा फेला
करोड रुपैयाँभन्दा बढी ठगेर फरार भएका दुई जनालाई प्रहरीले पक्रेको छ । उपभोक्ता हित संरक्षण नेपालको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी रोजिना शाक्यसमेत रहेको टोलीका जीवनकुमार केसीलाई आज नयाँ बजारबाट पक्राउ गरिएको हो । उनले एक करोड १९ लाख ८४ हजार पाँच सय रूपैया ठगेक हुन् ।
ललितपुरको साविक बडिखेल गाविस ४ र हाल गोदावरी ४ बस्ने वर्ष ४८ का जीवनकुमार केसीलाई प्रहरीको विशेष अनुसन्धान टोलीले नयाँ बजारबाट पक्रेको हो । उनलाई आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
त्यसैगरी उच्च अदालत, पाटनको गत वैशाख ४ गतेको फैसलाले एक करोड रूपैयाँ जरिवाना र एक महिना कैद सजाय फैसलापछि फरार रामेश्वर चौंलागाईंलाई पनि प्रहरीले समातेको छ । तत्कालीन गागलफेदी २ र हाल कागेश्वरी मनोहरा १ बस्ने ४८ वर्षे रामेश्वर चौलागाईलाई पनि प्रहरीको विशेष अनुसन्धान टोलीले हिजो दिउँसो नयाँ बानेश्वरमा फेला पारेको हो ।
उनलाई पनि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
टिप्पणीहरू