कुटपिटबाट घाइते प्रभु अस्पतालमा बिते

कुटपिटबाट घाइते प्रभु अस्पतालमा बिते

बारामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । आदर्श कोतवाल गाउँपालिका–६ पटेर्वा बस्ने प्रभुप्रसाद कुशवाहाको कटुपिटबाट मृत्यु भएको हो ।

कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले हिजो पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५० वर्षीय किशोरी कुशवाहा र ५५ वर्षीय रामप्रवेश महतो हुन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय महेन्द्रआदर्शबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

किशोरी, रामप्रवेश र स्थानीय ५० वर्षीय हिरामण कुशवाहाले जग्गा नाप्ने विषयमा विवाद हुँदा कुटेका थिए । त्यसबाट गम्भीर घाइते भएका प्रभुको एनएमसी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

टिप्पणीहरू