२२ वर्षको उमेरमा फरार प्रतिवादी ४५ वर्षको उमेरमा पक्राउ

२२ वर्षको उमेरमा फरार प्रतिवादी ४५ वर्षको उमेरमा पक्राउ

लेनदेन मुद्दाका फरार प्रतिवादीलाई २३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२ बस्ने ४५ वर्षीया अनिता देवी बानियालाई आज प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत बाँकेको २०५६ वैशाख ६ गतेको आदेशपछि उक्त मुद्दामा तीन महिना कैद सजाय ठहर भएपछि बानियाँ फरार भएकी हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले आज पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बाँकेमा बुझाइएको छ ।

टिप्पणीहरू