हजारौं युक्रेनी सैनिकलाई रुस लगियो

हजारौं युक्रेनी सैनिकलाई रुस लगियो

युक्रेनको मारिओपोलमा पक्राउ परेका एक हजारभन्दा बढी युक्रेनी सैनिकलाई रसिया लगिएको छ । रुसी समाचार संस्था इतार तासले उक्त जानकारी दिएको हो ।

यसबारे युक्रेनले भने आफ्नो धारण सार्वजनिक गरेको छैन । आफ्नो नियमित रात्रिकालीन सम्बोधनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशले स्वतन्त्रतापछिकै ठूलो जटिलता सामना गर्नुपरेको बताएका छन् ।

यसैबीच, म्याक्सर टेक्नोलोजीले सार्वजनिक गरेको स्याटलाइट तस्बिरमा पूर्वी युक्रेनी सहर सेभेरोदोनेत्स्कमा ठूलो क्षति भएको देखाइएको छ । पछिल्लो समय रुसी सेनाको सम्पूर्ण बल पूर्वी युक्रेनमा केन्द्रित भएको बताइएको छ ।

तर यसबारे भने रुसले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

टिप्पणीहरू