सेफ्टी ट्याङ्कीमा खसेर भिनाजु र सालो दुबै बिते
आज भरतपुरमा सेफ्टी ट्याङ्कीभित्र खसेर दुई जनाको ज्यान गएको छ । साँझ साढे ६ बजेको समयमा भरतपुर महानगरपालिका १९ की रामप्यारी गुरुङको घरमा रहेको सेफ्टी ट्याङ्कीमा खसेर उनीहरुको निधन भएको हो ।
गुरुङको घरमा रहेको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा कपिलवस्तुको शिवराज नगरपालिका ९ बस्ने वर्ष २४ को छतिराम थारु अचानक चिप्लिएर खसेको बताइन्छ । त्यसपछि सँगै काम गरिरहेका भिनाजु नाता पर्ने एकै स्थानका वर्ष २३ का राम चौधरी सालो नातापर्ने छतिरामलाई निकाल्न भित्र पसेका थिए ।
तर दुबै जना लामो समयसम्म निस्किन नसकेपछि प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीको उनीहरुको उद्धार गरेको हो । तर, बाहिर निकाल्दा उनीहरु दुवैको ज्यान गइसकेको थियो ।
प्रहरीका अनुसार शव पोष्टमार्टमको निम्ति भरतपुर अस्पताल पठाइएको छ ।
टिप्पणीहरू