जम्मा एक खिल्ली चुरोटको निहुँमा दाइले लिए भाइको ज्यान
चुरोटको निहुँमा भएको झगडामा दाइले आफ्नै भाइको हत्या गरेका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–४ कौवा खोजका ३० वर्षीय देवराज धामीले १८ वर्षीय भाइ देवकुमार धामीलाई खुकुरीले हानेर मारेका हुन् ।
प्रहरीका अनुसार देवराजले खुकुरी प्रहार गर्दा देवकुमार गम्भीर घाइते भएका थिए । लगत्तै पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी भरोलको टोलीले उद्धार गरी अस्पताल पुर्याएकोमा देवकुमारको उपचारको क्रममा मृत्यु भएको हो ।
भाइ हत्याको आरोपमा देवराजलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको छ ।
टिप्पणीहरू