खानेपानीको मुहानमा लत्ताकपडा चोरी
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ स्थित एउटा फेन्सी पसलमा चोरी भएको छ । बाबुराम भुसालको फेन्सी पसलमा चोरी भएको हो ।
जस्ताको छानामुनि हालिएको जिप्सन बोर्ड फालेर चोरी भएको इलाका प्रहरी कार्यालय, मेलम्चीले जनाएको छ । पसलबाट जुत्ता, पाइन्ट, ज्याकेट, टिसर्ट र झोलालगायत साढे दुई लाख रुपैयाँ बराबरको सामान चोरी भएको प्रहरीको भनाइ छ ।
चोरीको आरोपमा तीन जना पक्राउ परेका छन् । सामान चोरेको आरोपमा सोही वडाका उत्तम थापा, दिपेन्द्र कार्की र विकास पुरीलाई प्रहरीले हिजो समातेको हो ।
उनीहरुविरुद्ध चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
टिप्पणीहरू