क्यानाडाका प्रधानमन्त्रीलाई दोस्रो पटक कोरोना संक्रमण

क्यानाडाका प्रधानमन्त्रीलाई दोस्रो पटक कोरोना संक्रमण

क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडोको परीक्षणमा दोस्रो पटक कोभिड पोजेटिभ देखिएको छ । टुडोले सार्वजनिक स्वास्थ्य निर्देशन पालना गरेर आफु क्वारेन्टिनमा बसेको ट्वीटमार्फत जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘कोभिड १९ परीक्षण गर्दा मलाई पोजेटिभ देखिएको छ । म सार्वजनिक स्वास्थ्य दिशानिर्देशनको पालना गरेर अलग्गै बस्नेछु । खोप लगाइसकेकाले मेरो अवस्था सामान्य छ । तपाईंहरूले कोभिड खोप नलगाएको भए लगाउनुहोस् । बुस्टर डोज लगाउनुहोस् ।’

उनलाई गत जनवरीमा पहिलो पटक कोभिड संक्रमण भएको थियो । टुडोले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

टिप्पणीहरू