लाइसेन्सको ट्रायलमा नक्कली परीक्षार्थी
सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा सामेल नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका १० घर भएका २५ वर्षीय सुजित खड्कालाई प्रहरीले समातेको हो ।
अस्ति गोकर्णेश्वर नगरपालिका ७, दक्षिणढोकास्थित यातायात व्यवस्था कार्यालयबाट उनी पक्राउ परेका हुन् । परीक्षार्थीको नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो फोटो टाँस गरी उनी प्रयोगात्मक परीक्षामा सहभागी भएका थिए ।
परीक्षार्थीको नागरिकताको प्रमाण–पत्रमा भएको फोटो र आवेदन फारममा भएको फोटो फरक देखिएपछि प्रहरी वृत्त, बौद्धबाट खटिएको अनुसन्धान टोलीले खड्कालाई पक्राउ गरिएको हो ।
खड्काविरुद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–२५ को लिखत सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरि प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू