शिक्षककै प्रमाणपत्र नक्कली !

शिक्षककै प्रमाणपत्र नक्कली !

अर्घाखाँचीको ठूलापोखरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पढाउने एक जना शिक्षकविरुद्ध आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निम्न माध्यमिक अस्थायी शिक्षक हुमलाल पौडेलविरुद्ध मुद्दा दायर गरेको हो । भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याइ जागिर खाएको उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा शिक्षक पौडेलले राष्ट्रसेवकको ओहोदा पाउने गलत मनशाय राखी गोरखपुर विश्वविद्यालयबाट ल्याएको नक्कली प्रमाणपत्र पेश गरेको खुलेको अख्तियारको दाबी छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवम् प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुनपर्ने मागदाबी गरेको छ ।

टिप्पणीहरू