ट्राफिक प्रहरीले डाक्टरको नाक फुटाइदिए
ललितपुरमा ट्राफिक प्रहरीले एक जना चिकित्सकको नाकमा हिर्काएर रगतपच्छे बनाइदिएका छन् । ललितपुर महानगरपालिका–१३, कुसुन्तीमा चिकित्सकमाथि आक्रमण भएको हो ।
आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत चिकित्सक कुलबहादुर घिसिङलाई एक जना ट्राफिक प्रहरीले नाक फुट्ने गरी कुटेको बताइन्छ । अस्ति राति पौने ९ बजे आफ्नो ड्युटी सकेर घर फर्किने क्रममा प्रहरी जवान राजेन्द्र थापाले निर्घात कुटपिट गरी घाइते बनाएको कुलबहादुरको आरोप छ ।
पैदल हिँडिरहेका बेला बिना कुनै कसुर हातपात गरेको उनले बताए । आफू चिकित्सक रहेको परिचयपत्र देखाउँदा पनि रगताम्य हुने गरी कुटपिट गरिएको उनको भनाइ छ ।
घिसिङ र उनका आफन्तले आक्रमणमा संलग्न ट्राफिक प्रहरीलाई कारबाहीको माग गरेका छन् । साथै, उनीहरुले उपचार खर्च दिलाउन पनि आग्रह गरेका छन् ।
टिप्पणीहरू