कहाँबाट कसले ल्यायो यति धेरै अफिम ?

कहाँबाट कसले ल्यायो यति धेरै अफिम ?

बाँकेमा मालवाहक ट्रकबाट भारततर्फ लैजान खोजिएको दुई सय ५० बोरा अफिम सिड (बियाँ) बरामद गरिएको छ । प्रहरीले नेपालगञ्जको जमुनहा नाकाबाट उक्त अफिम सिड बरामद गरेको हो ।

जमुनहा नाकाबाट भारतको रुपैडिहातर्फ जान लागेको आरजे ०९ जीबी ४५४२ भारतीय नम्बर प्लेटको मालवाहक ट्रकमा हालिएको दुई सय ५० बोरा अफिम सिड नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सीमा नाकामा खटिएको सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक जीवनलाल बुढा र नेपाल प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक माधव रिजालको संयुक्त टोलीले विशेष सूचनाका आधारमा ट्रकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार चालक ट्रकको साँचो छाडेर भागेका छन् । उनको खोजी जारी छ ।

टिप्पणीहरू