३ सय एम्पुल लागुऔषध बोकेर हिँडेका युवक समातिए

३ सय एम्पुल लागुऔषध बोकेर हिँडेका युवक समातिए

सर्लाहीमा प्रहरीले तीन सय एम्पुल लागुऔषधसहित एक युवकलाई पक्रेको छ । चक्रघट्टी गाउँपालिका ३, सुन्दरपुरबाट लागूऔषध एम्पुलसहित प्रहरीले उनलाई हिजो पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कौडेना गाउँपालिका १, लक्ष्मीपुर बस्ने २६ वर्षीय मुकेश राउत हुन् । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय र प्रहरी चौकी सुन्दरपुरबाट खटिएको टोलीले उनको साथबाट एक सय एम्पुल नोरफेन, एक सय छ एम्पुल डाइजेपाम र एक सय एम्पुल फेनारगन बरामद गरेको छ ।

उक्त लागुऔषध सहित पक्राउ परेका राउतमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू