ग्राहकसँग जर्बजस्ती सेवा शुल्क उठाउन नपाइने

ग्राहकसँग जर्बजस्ती सेवा शुल्क उठाउन नपाइने

भारतमा कुनै पनि होटल तथा रेष्टुरेण्टमा उपभोक्ता तथा ग्राहकसँग सेवा शुल्क लिन नपाइने भएको छ । त्यहाँको केन्द्रीय ग्राहक सुरक्षा प्राधिकरणले हिजो दिएको आदेशमा स्वतः सेवा शुल्क लिन नपाइने व्यवस्था भएको हो ।

प्राधिकरणका अनुसार मेनुमा तोकिएको दररेटबाहेक अरु कुनै पनि चार्ज जोड्न पाइने छैन । आदेशमा भनिएको छ,‘सेवा शुल्क र टिप्स भनेको ग्राहकको ऐच्छिक विषय हो । त्यसैले होटल तथा रेष्टुरेण्टहरुले ग्राहकहरुबाट कुनै पनि नाम वा बहानामा सेवा शुल्क उठाउन पाईंदैन ।’

उक्त आदेशविपरित कुनै पनि होटल तथा रेष्टुरेण्टले ग्राहकसँग त्यस्तो शुल्क उठाएको पाइएमा राष्ट्रिय ग्राहक सेवा नम्बर १९१५ मा फोन गरेर उजुर गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

यसअघि सरकारले सन् २०१७ मा गरेको व्यवस्थाअनुसार सेवा शुल्क ऐच्छिक थियो । भारतमा यस्तो शुल्क ग्राहक संरक्षण ऐन २०१९ विपरित भएको मानिन्छ ।

टिप्पणीहरू