साउथ चाइना सीमा १२ शव तैरिए

साउथ चाइना सीमा १२ शव तैरिए

चीनको दक्षिणी सागरमा १२ वटा शव तैरिएको अवस्थामा भेटिएका छन् । ती शव गत सप्ताहान्तमा दुर्घटना भएको पानीजहाजको चालक दलका सदस्य हुनसक्ने अनुमान गरिएको छ ।

जहाजमा चालक दलका ३० जना सदस्य थिए । हङकङको दक्षिण पश्चिममा रहेको एउटा इन्जिनियरिङ जहाज टाईफुन नामको समुन्द्री आँधीमा परेपछि डुबेको थियो । टाईफुनका कारण जहाज दुई टुक्रा भएको थियो । चिनियाँ सञ्चार माध्यमका अनुसार शनिबार तीन जना र हिजो थप एक जनालाई उद्धार गरिएको थियो ।

टिप्पणीहरू