अश्लील युट्युब भिडियो बनाउने युट्युबर प्रहरीको फन्दामा
युटुबमा अश्लील शीर्षक राखेर भिडियो बनाउने एक जना युटुबर समातिएका छन् । पक्राउ पर्नेमा ‘फोर रियल टीभी’का सञ्चालक नुवाकोट बेलकोटगढी नगरपालिका–७ महादेवफाँट घर भई हाल काठमाडौं बौद्ध, तीनचुले बस्दै आएका २२ वर्षीय प्रवेश लामा छन् ।
उनलाई साइबर ब्युरोको टोलीले हिजो पक्राउ गरेको हो । लामाले युटुब च्यानलमा अश्लील शीर्षक राखी समाजमा अश्लीलता फैलाउने किसिमका भिडियोहरू बनाएर युटुबलगायत समाजिक सञ्जालमा प्रसारण गरेको ब्युरोले जनाएको छ ।
उनीमाथि अनसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएपछि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
टिप्पणीहरू