राइसपछि राइस कुकरमा पनि उत्तिकै खर्च

राइसपछि राइस कुकरमा पनि उत्तिकै खर्च

नेपालमा मासिक पाँच करोड रुपैयाँ बराबरको राइस कुकर आयात गर्ने गरिएको छ । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा ५१ करोड रुपैयाँभन्दा बढीको राइस कुकर भित्रिएको हो ।

भन्सार विभागका अनुसार सो अवधिमा विश्वका १७ वटा देशबाट ५१ करोड ४६ लाख ७७ हजार रुपैयाँको राइस कुकर नेपालमा ल्याइएको छ । उक्त मूल्यमा तीन लाख ८० हजार ७७२ थान कुकर भित्रिएका हुन् ।

नेपालले बहराइन, ब्रुनाई, क्यानाडा, चीन, हङकङ, भारत, इजरायल, इटाली, दक्षिण कोरिया, कुवेत, मलेसिया, कतार, साउदी अरेबिया, सिङ्गापुर, थाइल्याण्ड, युनाइटेड अरब इमिरेट्स र भियतनामबाट राइस कुकर ल्याउने गरिएको छ । सबैभन्दा बढी चीन, भारत र दक्षिण कोरियाबाट आयात गरिएको विभागले जानकारी दिएको हो ।

अघिल्लो आर्थिक वर्षमा १८ देशबाट ४४ करोड ९१ लाख २६ हजार रुपैयाँ बराबरको राइस कुकर नेपाल भित्रिएको थियो ।

टिप्पणीहरू