चीनको गुआङ्सीमा दुर्लभ “गुफा बादल”

चीनको गुआङ्सीमा दुर्लभ “गुफा बादल”

इन्स्टिच्युट अफ कार्स्ट जियोलोजी अफ चाइना जियोलोजिकल सर्भेका अनुसार चीन र फ्रान्सेली गुफा अन्वेषण टोलीले दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा एउटा दुर्लभ “गुफा बादल” -जो एक प्रकारको गुफाभित्र विशेष प्रकारको प्राकृतिक खनिज भण्डार हो,फेला परेको छ ।

यस्तो प्रकारको गुफा चीनमा पाइएको मध्ये दोश्रो संरचना हो भने यो गुफा बादलले ३ सय वर्ग मीटर क्षेत्र ओगटेको जनाइएको छ। यो गुफा सात वटा पोखरीमा बाँडिएको र प्रत्येक पोखरीमा फर्सी वा रोटीको आकार भएको विज्ञहरूको टोलीले जनाएको छ। गुफाको लम्बाई २ हजार ७५४ मीटर लामो छ र कोमल भू-भाग रहेको जनाइएको छ।

संस्थानका वरिष्ठ इन्जिनियर झाङ युआनहाइ भन्छन् “यो भन्दा अगाडि फेला परेको यस्तै प्रकारको गुफा गुइझाउ प्रान्तको डान्झाई काउन्टीमा रहेको जिंगुआ गुफा हो र यस्ता गुफा बादलहरूको गठन अवस्थामा धेरै कठोर हुन्छन् । गुफा वरपरको चट्टान प्रायः डोलोमाइट हुन्छ, र डोलोमाइटद्वारा बनेको कार्स्ट गुफाहरू सामान्यतया देखिंदैन ।”

गुफाको वैज्ञानिक अनुसन्धानमा विज्ञहरूको सुझावले यसको पछिल्ला विकास,उपयोग र पुनर्स्थापनाको लागि बलियो वैज्ञानिक आधार फेला परेको बताइएको छ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू