गोर्खाका बलात्कारी मास्टर चितवनमा समातिए

गोर्खाका बलात्कारी मास्टर चितवनमा समातिए

बलात्कार अभियोगमा पाँच वर्ष कैद सजाय सुनाइएका चितवनका शिक्षक १० वर्षपछि समातिएका छन् । चितवनको पिठुवा–७ घर भई रत्ननगर–१५ बस्ने ४९ वर्षका भरत ढकाललाई जबर्जस्ती करणी अभियोगमा प्रहरीले समातेको हो ।

उनले २०६९ साल चैत ३ गते रक्सीको नशामा एक महिलालाई जबर्जस्ती करणी गरेका थिए । त्यसबेला गोरखा नगरपालिका–९, छेपेटारस्थित तारा उच्च माध्यमिक विद्यालयमा पढाउने ढकालले स्थानीयको घरमा पसेर कोही नभएको मौका पारि जबर्जस्ती गरेका थिए ।

त्यसपछि उनीविरुद्ध मुद्दा चलाइएकोमा २०७१ फागुन १५ गते उच्च अदालत कास्कीले पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । त्यसयता फरार रहेका ढकाल आज पक्राउ परेका हुन् ।

उनलाई फैसला कार्यान्वयनको निम्ति जिल्ला अदालत चितवन पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू