स्रोत नखुलेको लाखौं रुपैयाँ बोकेका भारतीय मोटरसाइकलमा

स्रोत नखुलेको लाखौं रुपैयाँ बोकेका भारतीय मोटरसाइकलमा

स्रोत नखुलेको नगदसहित भारतीय नागरिकहरु समातिएका छन् । वीरगञ्ज महानगरपालिका १५, बसपार्कबाट स्रोत नखुलेको चार लाख ५६ हजार नौ सय रूपैयाँसहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गएराति पक्राउ परेकामा भारतको बिहार, मोतिहारी जिल्लाको अठमुहान बस्ने २७ वर्षीय तबरेज आलम र २९ वर्षीय जमालुदिन अन्सारी हुन् । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले अन टेष्ट लेखिएको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला परेको हो ।

मोटरसाइकलमा सवार उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

टिप्पणीहरू