श्रीलंकाको राजनीतिबाट राजपाक्ष परिवारको बिदाइ

श्रीलंकाको राजनीतिबाट राजपाक्ष परिवारको बिदाइ

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्ष मध्यराती सेनाको जहाजमा देश छाडेर छिमेकी देश माल्दिभ्सतिर भागेपछि त्यहाँको राजनीतिमा कायम एकल परिवारको शासन अन्त्य भएको छ ।

मुलुक चरम आर्थिक संकटमा परेपछि उत्पन्न विरोध प्रदर्शन उग्र भएपछि राजपाक्ष आज बिहानीपख मुलुकबाट भागेका हुन् । उनी परिवारका सदस्यसहित बिहान ३ बजे सैनिक विमान चढेर मालदिभ्सको राजधानी माले पुगेका छन् ।

मालेबाट उनले आजै राजीनामाको घोषणा गर्ने अपेक्षा गरिएको छ । बीबीसीका अनुसार राजपाक्षसँगै उनका भाइ तथा पूर्व अर्थमन्त्री बासिल राजपक्षले पनि मुलुक छाडेका छन् ।

टिप्पणीहरू