भारतीयको हेलमेटभित्र स्रोत नखुलेको पाँच लाख
नेपाल–भारत सीमा नजिकै स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक जना भारतीय समातिएका छन् । भारतीय बिहार राज्यको सितामढी, कन्हौली निवासी ३१ वर्षीय विजय ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बीआर ३० एक्स ५५४४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका ठाकुरलाई मलंगवा नगरपालिका ८ बाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यलय, सर्लाहीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार ठाकुरले लगाएको हेलमेटभित्र स्रोत नखुलेको पाँच लाख ११ हजार पाँच सय नेपाली रुपैयाँ र भारु पाँच हजार भेटिएको हो ।
ठाकुरलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
टिप्पणीहरू