के गर्दै होलान् ५ लाख जीवन बिमा एजेन्ट ?

के गर्दै होलान् ५ लाख जीवन बिमा एजेन्ट ?

लगभग एक वर्षअघिको तथ्यांकअनुसार नेपालमा ५ लाख ४७ हजार २७६ मानिसले जीवन बिमाको एजेन्ट बन्न तालिम लिएका छन् । अर्थात् १९ वटा जीवन बिमा कम्पनीमा ५ लाख ४७ हजार २७६ जना मानिस जीवन बिमाको एजेन्ट बनेका छन् ।

विश्वका प्रायः सबै देश (२२० मध्ये २१० देश) मा ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) संक्रामक महामारी पैmलिएको छ । यो महामारी (कोभिड–१९) का कारण आजका मितिसम्म विश्वका विभिन्न देशका ४९ लाख १६ हजार ९०० भन्दा बढी मानिस बिरामी भएका छन् भने ३ लाख २० हजार ५६६ सय जनाको ज्यान गएको छ । त्यस्तै १९ लाख २२ हजार ४६३ जना निको भएर घर फर्केका छन् भने ४५ हजार १७९ मानिस सिकिस्त बिरामी छन् । स्मरणीय छ, हिजोसम्म यो तथ्यांकमा विश्वमा ४६ लाख ४६ हजार ४०९ जना मानिस बिरामी थिए भने तीमध्ये १७ लाख ७० हजार ७५१ जना मानिस निको भएर घर फर्केका थिए ।

त्यस्तै, ३ लाख ८ हजार ९८४ जना मानिस मरेका थिए भने ४४ हजार ९६६ जना मानिस सिकिस्त बिरामी थिए । १९ दिनअघि (अप्रिल ३०, २०२० मा) को तथ्यांकमा ३२ लाख ३२ हजार मानिस बिरामी भएका थिए भने २ लाख २८ हजार ५०० मानिस मरेका थिए । त्यस्तै, त्यो बेला बिरामी भएका ३२ लाख ३२ हजार मानिसमध्ये १० लाख ७ हजार ८०० बिरामी निको भएर घर फर्केका थिए भने, त्यो बेला ५९ हजार ७७२ मानिस सिकिस्त बिरामी थिए । यसरी हेर्दा हाल सिकिस्त बिरामीको संख्या एकदमै कम देखिन्छ । त्यो बेला सिकिस्त बिरामीको प्रतिशत ४÷५ देखिन्थ्यो भने अहिले २ प्रतिशतमा झरेको छ ।

यसरी शुरुमा चीनबाट पैmलिएको मानिएको ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) को संक्रामक महामारीका कारण जनधनको ठूलो र अपूरणीय क्ष्ाित मात्रै गरेको छैन, यसले विश्वका धेरै मानिसको रोजीरोटी समेत गुमाएको अवस्था छ । ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) कै कारण यसरी अनपेक्षित मानवीय अर्थात् जनधनको अकल्पनीय क्षतिका साथै विश्वभरिकै समग्र अर्थतन्त्र र आर्थिक कारोबार पनि चट ! बनाएको स्थिति छ । यसले गर्दा धेरैको घर–परिवार चलाउन गाह्रो भएको छ, अगेनामा चुलो बल्न छाडेको छ । झन् नेपालजस्तो मानवीय पँुजीको महत्व नबुझेको सरकार र राजनीतिक दलको भीड भएको देशको जनताको हालत के भएको थियो÷छ ? तपाइँ–हामी सबैलाई ज्ञातव्य छ ।

त्यसैले त नेपालका शासक मानवीय पुँजीको महत्व बुझेर व्यस्थापन गर्नेतिर लाग्नु (राहत वितरण गर्नु) को सट्टा कोही (सम्माननीय राष्ट्रपतिज्यू) भावनामा नबग्नु ! भनी अर्ति, बुद्धि र उपदेश दिन, हुन्छ । कोही (सम्माननीय प्रधानमन्त्रीज्यू) ‘सरकारले लकडाउन गरेको तिमीहरूलाई बचाउनकै लागि हो, त्यसैले खान नपाए पनि घरभित्रै चुपचाप बस, कोरोनाको कहरबाट बाँचे खाउँला !’ भन्छ । हुन पनि एक हिसाबले हेर्ने हो भने कुरो ठीकै हो, खानलाई त पहिले बाँच्नु प¥यो, नबाँचीकन के खाने !

जे भए पनि कोरोनाको कहरले विश्वभरिकै उद्योग, कलकारखाना, कृषि, पर्यटन, होटल, बैंक, बिमा, सहकारी, लघु–वित्त, हवाई यातायात, जल यातायात, सडक यातायातलगायत सबै क्षेत्र चौपट बनाएको अवस्था छ । यसबारे मैले बढ्तै जान्ने भएर ! थप केही बताइरहनै पर्दैन ।

यति लामो भूमिकापछि खास विषयतिर लागौं । नेपालमा हाल २० वटा निर्जीवन बिमा कम्पनी, १९ वटा जीवन बिमा कम्पनी र एउटा पुनर्जीवन बिमा कम्पनी गरी जम्मा ४० बिमा कम्पनीहरू चालु छन् । तीमध्ये पनि यहाँ खास चर्चा गर्न लागिएकोचाहिँ कोरोनाको कहरबीच जीवन बिमा एजेन्टहरू कसरी बाँचिरहेका छन् ? उनीहरू कोरोनामा के गरेर समय कटाउँदै छन् ? यसरी कोरोना कहरले उखरमाउलो गरिरहेका बेला पनि आफ्नो व्यवसाय सुचारु गरेका छन् ? यो वेला कम्पनीले आफ्नो एजेन्टहरूलाई केही न केही (उनीहरूको व्यवसाय र आर्थिकलगायत शारीरिक अवस्था हेरेर) आर्थिक सहयोग हुने गरी प्याकेज ल्याए अझ राम्रो हुन्थ्यो कि ? भन्नेलगायत विषयमा केन्द्रित रहेर छोटोमा चर्चा गर्दै छु । खान खह्रो भएका यस विषयमा ‘नेपाल लाइफ इन्स्युरेन्स कम्पनी’ (एनएलआइसी) मा कार्यरत खोटाङ जिल्लाकी कल्पना राई भन्छिन्, ‘खासमा कम्पनीले यस्तो बेलामा आफ्नो एजेन्टहरूका लागि कुनै पनि किसिमको आर्थिक प्याकेज राम्रो ल्याए हुन्थ्यो ।

जस्तै उदाहरणका लागि भन्नुपर्दा कुनै एजेन्टले कम्पनीलाई दिएको व्यापार हेरेर, कुनै एजेन्टले कम्पनीलाई मनग्य व्यापार दिन नसके पनि उसको आर्थिक अवस्था हेरेर (लामो अवधिको लकडाउनमा खान बस्न गाह्रो भएकाहरूलाई) कुनै एजेन्टको शारीरिक र मानसिक ! जस्तै बिरामी रहेका तर लामो लकडाउनको अवधिमा कमाइ गरेर औषधि किनेर खान नसक्ने अवस्थामा रहेका, कुनै एजेन्टहरू तालिम मात्रै गरेका तर विभिन्न कारणले आफ्नोसमेत जीवन बिमा गर्न नसेका ! लगायत आफ्ना एजेन्टलाई ४ वा ५ वर्गमा छुट्याएर नेपालका जीवन बिमा तथा निर्जीवन बिमा कम्पनीले यस्तो विशेष परिस्थितिमा आफ्नो एजेन्टका लागि धेरथोर आर्थिक सहयोग पुग्ने गरी कुनै पनि किसिमको आर्थिक प्याकेज ल्याउँदा राम्रो हुन्छ ।’ कल्पनाका अनुसार ‘कुनै पनि बिमा कम्पनीले यसो गरेदेखि अरू साथीभाइ र आफ्नो ग्राहक (बिमितहरू) माझ एजेन्टहरूले आफ्नो कम्पनीबारे बताउँदा थप आधारस्तम्भ खडा हुने र गर्व महसुस हुन्छ ।’ तर, ….

त्यस्तै, एजेन्सी म्यानेजर (एएम) पदमा पुगेर काम गर्दै आएका ताप्लेजुङ जिल्लाका खेमनाथ गुरागाईं भन्छन्, ‘एनएलआईसीले सरकारलाई दिएको (सरकारले गठन गरेको कोरोना राहत कोषमा) १ करोड रुपैयाँ अवस्था हेरेर आफ्ना एजेन्टलाई दिएको भए धेरै राम्रो हुन्थ्यो । तर, हामीले भनेको जस्तो सजिलो कम्पनीले कहाँ गर्छ र !’ तर, खेमनाथका अनुसार उनले लकडाउनमा पनि ४ वटा बिमा पोलिसी बेचे । यसरी हेर्दा सम्भवतः लकडाउनमा पनि जीवन बिमा पोलिसी बेच्ने थोरै एजेन्टमा उनी पर्छन् । उनले लकडाउनमा पाएको फुर्सदिलो समयलाई परिवारलाई मात्रै दिएनन् कि, सेयरबजारलगायत अर्थतन्त्रसम्बन्धी केही किताब पनि पढे । उता, कल्पनाले पनि लकडाउनको समय भनेर लगभग साढे दुई महिनाको फुर्सदिलो समयलाई ‘हाहा–हुहु’मा नबिताएर स्वीटर र झोला बुनेर बिताइरहेका छन् ।

हुन पनि सरकारले हाल गठन गरेको ‘कोरोना कोष’मा मात्रै नभएर कुनै पनि विपत्ति र महाविपत्तिमा कनै पनि दानवीर व्यक्ति तथा संघसंस्थाले सहयोग गर्नु धेरै राम्रो कुरो हो । तर, यसपालि हामीले देख्यौं क, सरकारले गठन गरेको कोरोना कोषमा जम्मा भएको झण्डै साढे २ अर्ब रुपैयाँ कहाँ गयो ? सो रकम के–कसरी वितरण गरियो ? हुन त एकपटक सरकार प्रमुख (सम्माननीय प्रधानमन्त्रीज्यू) ले ८० करोडको राहत वितरण भएको बताउनुभएको थियो । तर, यो पंक्तिकार तेह्रुथम जिल्लाको साविक सम्दु–७, हाल फेदाप गाउँपालिका–४ को स्थायी बासिन्दा हो । हाल म काठमाडौं महानगरपालिकाको ३१ नम्बर वडाको प्रयाग मार्ग भन्ने टोलमा बस्छु । पहिले ३४ वडा पथ्र्याे । लकडाउनको लगभग यो ५५÷५६ दिनको अवधिमा एक पटक यो टोलको क्लबले १० किलो चामल, एक प्याकेट खाने तेल, आधा किलो चिनी … दियो । अर्को एकपटक वडा कार्यालयले ५ किलो चामल, एक छटाक मस्यौरा, एक प्याकेट खाने तेल, ३ सय ग्राम होला चिउरा … दियो । परिवारमा म र दुई (केटाकेटी) छोराछोरी छन् । त्यति खाने कुरोले मेरो परिवारलाई कति दिन खान पुग्यो होला ? त्यसमाथि म मुटु, ब्लडप्रेसर, पिसाब थैली, युरिक एसिड, पायल्स आदि रोगको बिरामी छु । दैनिक ८ वटा औषधि खानुपर्छ ।

त्यसैले आगामी दिनमा बिमा कम्पनीहरू, सेयर दलाल कम्पनी, लामो दूरीका बस व्यवसायी (गाडीको टिकटिङ गर्ने), घर–जग्गा दलाललगायत एजेन्ट बिना व्यवसाय राम्रोसँग चल्न–चलाउन नसक्ने हरेक कम्पनीले (कानुनी रुपमा दर्ता नभएका र सरकारबाट इजाजतपत्र नलिएकाहरूले दर्ता भएर र इजाजतपत्र लिएर) आफ्ना एजेन्ट वा कामदारका लागि यस्तै (कोरोनाजस्तै) आपत–विपत र महाविपत्ति आइपर्दा भरथेग÷आर्थिक रूपमा उद्धार गर्न मिल्ने गरी कोष खडा गर्नुपर्ने देखिन्छ । हुन त अहिले नै पनि केही जीवन बिमा कम्पनीसँग (सधँैभरि कुहिएर बस्ने पैसो ! (जीवन बिमा कोष) रहेको छ । जस्तैः नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी) को मात्रै लगभग ७३ अर्ब रुपैयाँको जीवन बिमा कोष छ । त्यस्तै लाइफ इन्स्योरेन्स कम्पनी÷भारतीय कम्पनीको नेपालस्थित शाखा (एलआईसी), नेसनल लाइफ कम्पनी (एनएलआई), मेट लाइफ (पहिले अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी/एलिको)लगायत जीवन बिमा तथा निर्जीवन कम्पनीको पनि बिमा कोषमा राम्रैसँग पैसो त्यत्तिकै बसेको अवस्था देखिन्छ । तर, त्यस्तो रकम ती कम्पनीले कतिखेर र कसरी प्रयोग गर्न मिल्ने हो ? यो पंक्तिकारलाई विषयगत रूपमा थाहा नभएकाले भन्न सक्ने अवस्था रहेन ।

थप केही जान्न चाहेमाः ०१४६२०२००, ९८४९९८५९९७, ९८६२४३६०४९

टिप्पणीहरू