झापामा सामुदायिक वनको काठ ओसारपसारमा भ्यान प्रयोग
सामुदायिक वनबाट सालको अवैध काठ ओसारपसारमा भ्यानको प्रयोग गर्न थालिएको छ । ठूला सवारी साधन प्रयोग हुँदा अनेक आशंका हुने भएकाले भ्यानको प्रयोग गरिएको हो ।
अहिले यस्तै अवस्था झापामा देखिएको छ । सामुदायिक वनको काठ ओसारपसारमा प्रयोग भएको मारुती भ्यान प्रहरीले नियन्त्रणमा लिएको छ । झापा शिवसताक्षी नगरपालिका १० मा रहेको गैँडे सामुदायिक वनबाट उक्त भ्यान र काठ बरामद गरिएको हो ।
गैँडे सामुदायिक वनका कर्मचारी र प्रहरीको संयुक्त टोलीले सामुदायिक वनमा अवैध रुपमा मे. १ च ११६४ नम्बरको मारुती भ्यानमा ओसारपसारको निम्ति ठिक्क पारिएको सालको काठ ४० क्युबिक फिट फेला पारेको हो ।
काठ र भ्यानलाई आवश्यक कारबाहीको निम्ति डिभिजन गैँडे सामुदायिक वनमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
टिप्पणीहरू