बागलुङमा थप बन्देज

बागलुङमा थप बन्देज

काेराेना भाइरसकाे जाेखिम बढेर गएपछि बागलुङ जिल्लाका नाका बन्द गराउन प्रहरीले सक्रियता बढाएको छ ।

बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९ लाई लक्षित गरी देशमा बन्दाबन्दी भएको बेला तराई लगायतका जिल्ला बाट सवारीसाधनमा अाएका ब्यक्तिबाट जाेखिम बढेपछि नाका बन्द गरिएकाे हो । प्रहरीले जिल्ला भित्रने प्रमुख नाकाबाट ठूलो तथा सानो सवारीसाधनले खाध्यान्नलगायत निर्माण सामग्री ढुवानी गरेर ल्याउँदा चालकलाई काेराेना चेकजाँचको प्रमाण अनिवार्य गराएको छ ।

सवारी साधनले खाध्यान्न, निर्माण सामाग्री, तरकारी, फलफूललगायत ढुवानी गर्दा मनपरि मान्छेसमेत भित्र्याउने गरेको पाइएको छ । काेराेनाकाे उच्च जाेखिममा परेको बागलुङ जिल्लामा शुरुमै दुई जना काेराेना संक्रमित बिरामी अस्पतालबाट निकाे भएर घर फर्किएपछि सरकारले गरेको बन्दाबन्दी फितलो भएको गुनासो बढ्दै गएको थियो ।

टिप्पणीहरू