बसको ठक्करबाट महिलाको मृत्युपछि यातायात ठप्प

बसको ठक्करबाट महिलाको मृत्युपछि यातायात ठप्प
सुन्नुहोस्

बसको ठक्करबाट ज्यान गुमाएकी मृतकका आफन्तले दाङको तुलसीपुरमा यातायात अवरुद्ध पारेका छन् । पीडित पक्षले आज दिउँसोदेखि यातायात बन्द गरेर विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले वीरेन्द्रचोक, बसपार्कलगायत विभिन्न स्थानमा टायरसमेत बालेका छन् । 

तुलसीपुर उपमहानगरपालिका–५ की ३९ वर्षीया तिर्सना घर्तीमगरको लुम्बिनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसको ठक्करबाट हिजो मृत्यु भएको थियो । तुलसीपुर बजारबाट बसपार्कतर्फ जाँदै गरेको बसको ठक्करबाट ज्यान गएपछि पीडित पक्ष आन्दोलनमा उत्रिएको हो । 

चालकको लापरबाहीले उनको ज्यान गएको पीडित पक्षको आरोप छ । ईलाका प्रहरी कार्यालय, तुलसीपुरका अनुसार हाल समग्र नगरको अवस्था सामान्य छ । कार्यालयका एक अधिकृतले भने,‘वीरेन्द्रचोक, बसपार्कतिर प्रदर्शन भइरहेको छ । अवस्था नर्मल नै छ । वार्ताको प्रयास भइरहेको छ ।’
 

टिप्पणीहरू