ब्यारेकमा आगलागी, जवान घर नष्ट

ब्यारेकमा आगलागी, जवान घर नष्ट

मकवानपुरको भीमफेदीस्थत नेपाली सेनाको ब्यारेकमा आगलागी भएको छ । ब्यारेकभित्र रहेको बहुउद्देश्यीय प्लास्टिक कारखाना नजिकैको भवनमा आगो लागेको बताइएको छ ।

आज बिहान लागेको आगो नियन्त्रणमा लिइएको छ । सेनाका जवानहरु बस्दै आएको भवन नष्ट भएको छ । सेनाका अनुसार ब्यारेकका राणाकालीन भवनका १० वटा कोठा जलेका छन् । 

आगलागीमा मानवीय क्षति र बन्दोबस्तीका सामानमा क्षति नपुगेको बताइएको छ ।

टिप्पणीहरू