सिटिजन्स बैंक र तिनाउ इन्टरनेशनल हस्पिटलबीच छुट सम्झौता

सिटिजन्स बैंक र तिनाउ इन्टरनेशनल हस्पिटलबीच छुट सम्झौता

सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई रुपन्देही बुटवलस्थित तिनाउ इन्टरनेशनल हस्पिटलमा सेवा लिँदा विशेष छुट प्राप्त हुने भएको छ । समझदारीपत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहकले तिनाउ हस्पिटलका विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउने छन् । यसका साथै हस्पिटलबाट फिजियोथेरापी सेवामा थप आकर्षक प्याकेजको व्यवस्था पनि गरिएको बैंकले जनाएको छ ।

यो सुविधाबाट स्थानीय सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको बताइएको छ ।

यसले ग्राहकलाई छुटको सुविधासँगै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास पनि बैंकले लिएको छ ।

टिप्पणीहरू