पाएसम्म चोरीका सामान किन्ने भारतीय पक्राउ

पाएसम्म चोरीका सामान किन्ने भारतीय पक्राउ

चोरीका सामान किन्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लाका सुनिलकुमार जैसवाल हुन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । जैसवाल ललितपुरस्थित बालकुमारीमा कवाड पसलका सञ्चालक हुन् ।

चोरीको सामान भनेर थाहा हुँदाहुँदै पनि खरिद गरेको कसूरमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) तथा प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

उनकाअनुसार जैसवालको साथबाट एक सय २१ तोला चाँदी र ९ ग्राम सुनका गहना, ३ वटा टेलिभिजन, २ वटा कम्प्युटर, २ वटा मोबाइल, चरेसका भाँडाकुडा, पानी तान्ने मेसिन, खुकुरी, घडीलगायतका सामान नियन्त्रणमा लिइएको छ ।

थप अनुसन्धानका निम्ति उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।

टिप्पणीहरू