गहना टल्काउने, सुन लुकाउने भारतीय कला

गहना टल्काउने, सुन लुकाउने भारतीय कला

पुरानो गरगहना टल्काउने बहानमा सुन लुकाउने भारतीयलाई प्रहरीले पक्रेको छ । भारतीयले विभिन्न रसायन प्रयोग गरी टल्काउने बहानामा आधाभन्दा बढी सुन लुकाउने गरेको पाइएको छ ।

सल्यानको बागचौर नगरपालिका ७ बाट त्यसरी ठगी गर्ने दुई जना भारतीयलाई प्रहरीले पक्रेको हो । पक्राउ पर्नेमा भारतीय बिहार राज्यका ६७ वर्षीय महेन्द्र साह र झारखण्डका ५५ वर्षीय पोगो साह हुन् ।

उनीहरूले बागचौरमा धेरैलाई ठगेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई जिल्ला अदालत सल्यानबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ ।

टिप्पणीहरू