पूर्वमाओवादी नेताले भने ‘एमाले बाहेक सबै ओरालो यात्रामा’

पूर्वमाओवादी नेताले भने ‘एमाले बाहेक सबै ओरालो यात्रामा’

माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका पूर्वमन्त्री टोपबहादुर रायमाझीले माओवादी ओरालो लागेको पार्टी भएको टिप्पणी गरेका छन् ।

एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी रोल्पाले आज लिबाङमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै रायमाझीले माओवादी एजेण्डाविहीन पार्टी भएको आरोप लगाए । उनले आफ्नो पार्टी एमालेसँग मात्रै विकास र समृृद्धिको योजना भएकाले अरु पार्टीको अस्तित्व बिस्तारै समाप्त हुने दाबीसमेत गरे ।

‘विकास र समृद्धिको एजेन्डा एमालेसँग मात्र छ’, एमाले सचिव रायमाझीले भने, ‘एमाले विकासको पक्षमा छ भने अरू विनाशको पक्षमा छन् ।’ जनयुद्धको आधारभूमिमा उभिएर माओवादी आन्दोलनप्रति कटाक्ष गरेका उनले अगाडि भने, ‘कुनै–कुनै पार्टीहरू ओरालो यात्रामा छन्, आफ्नो अस्तित्व जोगाउन गठबन्धन गर्न बाध्य छन् ।’

कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमका लागि रोल्पा पुगेका रायमाझीले एमालेबाट अन्य पार्टीमा कोही पनि नगएको तर माओवादीलगायत पार्टीबाट एमाले प्रवेश गर्नेहरूको लहर चलेको तर्क पनि गरे ।

टिप्पणीहरू