प्रचण्ड आज पनि उत्तिकै व्यस्त हुने
पार्टी र गठबन्धनका आन्तरिक बैठक, राजनीतिक सांगठनिक गतिविधि र विभिन्न भेटघाटमा सक्रिय हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज पनि उस्तै व्यस्त रहनुहुने भएको छ ।
पार्टी मुख्यालय पेरिस डाँडामा सहिद स्मृति दिवसको एक कार्यक्रममा सहभागी भएसँगै उहाँको आजको राजनीतिक गतिविधि शुरु हुनेछ । बिहान ८ बजे सहिद रामवृक्ष यादवको स्मृति दिवसको कार्यक्रममा प्रचण्ड सहभागी हुनुहुने बताइएको छ ।
त्यसपछि पेरिसडाँडामै पार्टीको स्थायी कमिटी बैठकमा उहाँ सहभागी हुनुहुने छ । बैठक बिहान ९ बजे बस्नेछ ।
स्थायी कमिटी बैठक सकेर १० बजे सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकका लागि उहाँ प्रधानमन्त्री निवास बालुवाटार जाने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।
टिप्पणीहरू