चितवनका शैक्षिक संस्थामा जनचेतनामूलक पुस्तक बाँडियो

चितवनका शैक्षिक संस्थामा जनचेतनामूलक पुस्तक बाँडियो

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत चितवनका शैक्षिक संस्थाहरुमा जनचेतनामूलक पुस्तकहरु बाँडिएको छ । जिल्ला प्रहरी कार्यालय चितवन, कालिका नगरपालिकाको संयुक्त आयोजना र इलाका प्रहरी कार्यालय टाँडीको समन्वयमा स्थानीय विद्यालय, क्याम्पसमा जनचेतनामूलक पुस्तक वितरण गरिएको छ ।

हिजो कालिका नगरपालिकामा जनचेतनामूलक पाठ्यसामाग्री २०७९ नामक पुस्तक नगरपालिकाका प्रमुख विनोद रेग्मी र बाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले नगरपालिकामा रहेका सरकारी, सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक, क्याम्पसका प्रमुख तथा प्रहरीबीच द्विपक्षीय सम्झौता गरी पाँच सय थान बाँडिएको हो ।

नगरपालिकाका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख तथा पदाधिकारीहरू, नगरपालिकाका ११ वटै वडाका स्थानीय सुरक्षा निकायका प्रमुखह, ११ वटै वडाका वडा–अध्यक्ष, सदस्य, नगरपालिकाका कार्यपालिका सदस्यहरु, चितवन जिल्लाका सामुदायिक सेवा केन्द्रका अध्यक्ष तथा प्रतिनिधि, नगरपालिका अन्तर्गतका सरकारी तथा निजी विद्यालय र क्याम्पसका प्रधानाध्यापक, सह–प्रधानाध्यापक एवम् क्याम्पस प्रमुख, चितवन जिल्लाका पत्रकार तथा सञ्चारकमीको बाक्लो उपस्थिति थियो ।

चितवनका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, महिला बालबालिका तथा लैंगिक हिंसा विरुद्वको क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रमुख तथा प्रतिनिध, पूर्व प्रहरी संघका पदाधिकारी, अमर प्रहरी परिवार, जिल्ला बार एसोसिएसनका प्रतिनिधि, मानव सेवा आश्रमका प्रतिनिधि, सुधार केन्द्रका प्रतिनिधि तथा पत्रकार महासंघ चितवन शाखाका अध्यक्षलगायतको उपस्थितिमा अन्तरक्रिया तथा छलफल कार्यक्रम पनि सम्पन्न गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले पुस्तकमा समावेश विषयवस्तुको बारेमा संक्षिप्त विवेचना समेत गर्नुभएको थियो ।

टिप्पणीहरू