संविधानको धारा ३० बमोजिम खसीबजार हटाउन महानगरपालिकाको निर्देशन

संविधानको धारा ३० बमोजिम खसीबजार हटाउन महानगरपालिकाको निर्देशन

काठमाडौं महानगरपालिकाले कंलकी नजिकैको खसीबजार हटाउन निर्देशन दिएको छ । महानगरपालिकाले निर्देशन दिइएको १५ दिनभित्र खसीबजार हटाउन भनेको छ । खसीबजारका व्यापारी तथा व्यवसायीलाई आफैँ वैकल्पिक व्यवस्था गर्न भनिएको छ ।

महानगरपालिका आज जारी सूचनामा व्यवसायीले आगामी १५ दिनभित्र खसीबजार खाली गर्नै पर्नेछ । अन्यथा, कानूनअनुसार हटाइने चेतावनी दिइएको छ ।

खसीबजार नजिकैको खोलो प्रदूषित भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण गम्भीर असर परेको स्थानीयवासीको गुनासोपछि महानगरपालिकाले उक्त निर्णय गरेको बताइएको छ ।

यस्ता प्रकृतिका व्यापार व्यवसायलाई निरुत्साहित गर्दै प्रत्येक नागरिकलाई स्वच्छ र स्वतन्त्र वातावरणमा बाँच्न पाउने नेपालको संविधान २०७२ को धारा ३० को मौलिक हकको प्रत्याभूतिको निम्ति खसीबजार हटाउन लागिएको महानगरपालिकाको भनाइ छ ।

टिप्पणीहरू