राष्ट्रपतिमाथि माओवादी सांसदको व्यंग : विधेयक प्रमाणीकरण गर्न राति पठाउनु पर्‍यो !

राष्ट्रपतिमाथि माओवादी सांसदको व्यंग : विधेयक प्रमाणीकरण गर्न राति पठाउनु पर्‍यो !

नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले नागरिकता विधेयक प्रमाणीकरण गर्न राती पठाउनु पर्ने बताएका छन् । दिउँसो पठाउँदा प्रमाणीकरण हुन नसकेकोले राति पठाउनुपर्ने भन्दै उनले राष्ट्रपतिमाथि व्यंग गरेका हुन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महतले राष्ट्रपति भण्डारीलाई रातिमा मात्रै विधेयक प्रमाणीकरण गर्ने बानी परेको टिप्पणी पनि गरे ।

उनले व्यङ्ग्यात्मक शैलीमा भने, ‘पुनः नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाउनुपर्ने होला, उक्त विधेयक राष्ट्रपतिकहाँ पठाउँदा दिउँसो पठाउनु भएन सभामुख महोदय, यो राति पठाउनुपर्‍यो । किनभने अलि अप्ठ्यारा कामहरू राति नै फत्ते हुन्छन् । त्यसो भएकाले यो दिउँसो नपठाउनुहोला ।’

टिप्पणीहरू