राष्ट्रपति भण्डारी प्रसूतिगृह जाने
राष्ट्रपति विद्यादेवी भण्डारी थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल जाने हुनुभएको छ । उहाँ भोलि बिहान १० बजे त्यहाँ जान लाग्नुभएको बताइन्छ ।
अस्पतालले भोलि कृष्णजन्माष्टमीका दिन ६३ औं वार्षिकोत्सव समारोह मनाउँदैछ । सोही कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रपतिलाई आमन्त्रण गरेको अस्पतालले जनाएको छ ।
अस्पतालले भोलिको कार्यक्रमको निम्ति सबै तयारी पूरा भएको जनाएको छ ।
टिप्पणीहरू