तीजमा माओवादीका कार्यकर्ता दुबईमा नाच्ने
सत्तारुढ नेकपा माओवादी केन्द्रको प्रवासस्थित भ्रातृ संगठन नेपाली जनप्रगतिशील मञ्च यूएईले दुबईमा तीज विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
नेपाली महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा मञ्चले भव्य सांस्कृतिक कार्यक्रम गर्न लागेको बताइएको छ । ‘तीज विशेष सांस्कृतिक धमाका–२०२२’ नाम दिइएको उक्त कार्यक्रम आगामी सेप्टेम्बर ४ तारिखका दिन बरदुबईस्थित अस्टोरिया होटलमा आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा जनगायक जीवन शर्मा, गायक एवम संगीतकार विश्व दोङ्ग, गायिकाहरु कला लम्साल, शोभा त्रिपाठी, केशरी घर्तिमगर, मोडल साक्षी लम्साल, भ्वाइस अफ किड्सका विजेता जेनिस उप्रेतीलगायतको विशेष प्रस्तुति रहने छ । यसका साथै दुबईमा रहेका नेपाली कलाकारहरुले पनि आफ्नो प्रस्तुति देखाउने आयोजकले जनाएको छ ।
विदेशमा रहेर पनि नेपाली कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।
https://www.facebook.com/100030595421854/videos/506986151234689
टिप्पणीहरू