राजा वीरेन्द्र र राष्ट्रपति भण्डारीलाई सम्झिने, अरुलाई सराप्ने एमाले सांसदको ठहर

राजा वीरेन्द्र र राष्ट्रपति भण्डारीलाई सम्झिने, अरुलाई सराप्ने एमाले सांसदको ठहर

नेकपा एमालेका सांसद झपट रावलले राष्ट्रपति विद्या भण्डारीलाई भावी पुस्ताले युगौंसम्म सम्झिने बताएका छन् । उनले नागरिकता विधेयक संसदमा फिर्ता गरिएकोमा राजा वीरेन्द्रपछि हालका राष्ट्रपतिलाई जनताले सँधै सम्झने बताएका हुन् ।

उनले भने, ‘राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक छलफलको लागि फिर्ता पठाउनु भएकोमा राष्ट्रियताप्रतिको लगावको जनताले सम्मान गर्नेछन् र युगौंसम्म सम्झने छन् ।’

‘राष्ट्रियताको निम्ति चालेको कदमका लागि राष्ट्र र नेपाली जनताले युग–युगसम्म सम्झिरहने छन् । नागरिकताका नाममा राष्ट्रघात गर्नेलाई इतिहासले सराप्ने छन्,’ सांसद रावलको भनाइ छ ।

टिप्पणीहरू