आज पनि संक्रमित र निको हुनेको संख्या उस्तै
पछिल्लो २४ घण्टामा देशभर थप पाँच सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । दुई हजार ८२ पीसीआर परीक्षणमा दुई सय २४ र दुई हजार आठ सय ४८ एन्टिजेन परीक्षणमा तीन सय १८ जना गरी चार सय २१ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार सय २१ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर पाँच हजार दुई सय ६५ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा एक सय सात, भक्तपुरमा छ र ललितपुरमा ३० जना संक्रमित थपिएका छन् ।
टिप्पणीहरू