वाईसीएलको दोस्रो राष्ट्रिय भेला आजदेखि

वाईसीएलको दोस्रो राष्ट्रिय भेला आजदेखि

नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को दोस्रो राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बिहान ११ बजे हुने भेलाको उद्घाटन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने कार्यक्रम छ ।

भेलामा देशभरबाट छ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जनाइएको छ । भूगोल तथा गैर भूगोल जिल्ला, प्रदेशहरूबाट प्रतिनिधि सहभागी हुने वाईसीएलले जानकारी दिएको छ ।

टिप्पणीहरू