आज ६२३ जना संक्रमित थपिए, ४८७ निको

आज ६२३ जना संक्रमित थपिए, ४८७ निको

गत २४ घण्टामा देशभर ६२३ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार ६२१ पीसीआर परीक्षणमा २४६ र तीन हजार ३२४ एन्टिजेन परीक्षणमा ३७७ जना गरी ६२३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो अवधिमा ४८७ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर पाँच हजार २४ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको ज्यान गएको छैन ।

आज काठमाडौंमा १२६, भक्तपुरमा चार र ललितपुरमा १३ जना संक्रमित थपिएका छन् ।

टिप्पणीहरू